बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्र सुरु भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो ।

स्तरोनन्ति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्यसम्पन्न भएको छ भने नाली र अन्य केही संचरना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्था

नीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेको थियो । उक्त खण्डमा कालोपत्रको काम अघि बढ्दा स्थानीय उत्साहित भएका छन् । सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुने इञ्जिनियर अधिकारीले बताए ।

उनका अनुसार बस्ती भएका ठाउँमा भने दुईतर्फी नै नाली निर्माण गरिने र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिनेछ । यस सडकको तेस्रो चरण तथा अन्तिम चरणअन्तर्गत कालोपत्रे सम्पन्न भएसँगै रोड माकिर्ङ, रोड फर्निचर पेन्टिङ गर्ने, क्र्यास बेरियर र किलोमिटर पोस्ट राख्नेलगायतको काम हुने भएको अधिकारीको भनाइ थियो ।

उनका अनुसार विभिन्न पटक म्याद थप गर्दै आगामी असार मसान्तभित्रमा सबै काम सम्पन्न हुने सम्झौता भएको छ । हालसम्म ६५ प्रतिशत सडक स्तरोनन्तिको काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असारमा सम्झौता गरेर काम अघि बढाइएको थियो । कार्यालयका अनुसार रू ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रू २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १८ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३