क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा | Khabarhub Khabarhub

क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले आज निकासा गरेको हो । “मन्त्रालयबाट रकम निकासा भएपछि समस्या हुँदैन । कुनै औपचारिक कार्यक्रमबाट हामीले यो पुरस्कार वितरण गर्नेर्छौँ”, घिसिङले भन्नुभयो । सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताए ।

सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमयर कपका लागि रू ७९ लाख निकासा गरेको छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रू छ लाख र अन्य टिम अफिसियलाई जनही रू तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर–१९ मेन्स सिडब्लुसी–एसिया क्वालिफायरका लागि रू ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग–२ को रू ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्य–सचिव घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : १७ बजे

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको

यी भूभागमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल