क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा « Khabarhub

क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले आज निकासा गरेको हो । “मन्त्रालयबाट रकम निकासा भएपछि समस्या हुँदैन । कुनै औपचारिक कार्यक्रमबाट हामीले यो पुरस्कार वितरण गर्नेर्छौँ”, घिसिङले भन्नुभयो । सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताए ।

सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमयर कपका लागि रू ७९ लाख निकासा गरेको छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रू छ लाख र अन्य टिम अफिसियलाई जनही रू तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर–१९ मेन्स सिडब्लुसी–एसिया क्वालिफायरका लागि रू ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग–२ को रू ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्य–सचिव घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : १७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि