एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश « Khabarhub

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ ।

प्रदेश सरकारको कुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।

मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समीक्षा कार्यक्रम चालु आर्थिक वर्षमा ८० प्रतिशत पुँजीगत बजेट खर्च हुनेगरि योजना कार्यान्वयन गर्ने कार्ययोजना बनाउँदै शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा सम्पन्न भएको प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रदेशको योजना तथा नीति आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, भौतिक मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, अर्थसचिव बलराम रिजाल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधानसहित मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, ११ वटै जिल्लाका पूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागितामा कार्यक्रम भएको थियो ।

मन्त्रालयका सचिव पण्डितले मङ्सिर मसान्तसम्म १०, पुसमा १५, माघमा २२, फागुनमा ३३, चैतमा ४५, वैशाखमा ५५, जेठमा ७० र असारमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्नेगरी योजना कार्यान्वयनको कार्ययोजना बनाइएको जानकारी दिए ।

‘चालु आर्थिक वर्ष २०८०–८१ का लागि १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकोमा मङ्सिर १५ गतेसम्म ८ दशमलव ११ प्रतिशत अर्थात ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ’, उनले भने, ‘मन्त्रालयका एक हजार चार सय ६४ योजनामध्ये एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठवटाको लागत अनुमान तयार र बहुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता भएको छ ।’

सचिव पण्डितका अनुसार थप ६० वटा योजनाको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । गत आव २०७९‘८० मा कुल विनियोजन भएकोमध्ये ५८ प्रतिशतमात्र बजेट खर्च गरेको मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले निर्वाचन, दुईपटक भएको सरकार परिवर्तन तथा अन्तरमन्त्रालय समन्वय अभावमा गत आवको बजेट कार्यान्वयन सन्तोषजनक नरहेको बताए । उनले यसपालि लक्ष्यानुसार बजेट र योजना कार्यान्वयन गर्न सम्भव रहेको दाबी गरे ।

आर्थिक मामिलामन्त्री जितप्रकाश आले प्रदेशले प्राथमिकता दिएका योजनालाई बजेट अभाव हुन र प्रक्रियागत झन्झट हटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयका प्रमुखले चालु आवको मङ्सिर १५ गतेसम्म ५६ करोड ८४ लाख ८६ हजार ८६ हजार तीन सय ४९ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : ३१ बजे

सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट 

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण

बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

ढाका– भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम

भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको