ह्वाइट लङ सिन्ड्रोम : चीन पछि अमेरिकामा फैलियो « Khabarhub

ह्वाइट लङ सिन्ड्रोम : चीन पछि अमेरिकामा फैलियो


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् । तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ ।

चीनपछि अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिका बाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन्।

यो रहस्यमय निमोनियालाई ‘ह्वाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ । यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ। यो रोग कसरी सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् । यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । तर, अहिलेसम्म चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन। तर बढ्दो केसहरू हेर्दा यो खतराको संकेत हुन सक्ने अनुमान गरिएको छ ।

‘के हो ‘ह्वाइट लङ सिन्ड्रोम’ ?

यो रहस्यमयी रोगलाई ह्वाइट लङ सिन्ड्रोम नाम दिइएको छ किनभने यसबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ । जसका कारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ तर पछि गम्भीर हुन सक्छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : ३९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड