आगामी पौषमा दोलखा महोत्सव हुँदै, स्टल बुकिङ खुल्ला  « Khabarhub

आगामी पौषमा दोलखा महोत्सव हुँदै, स्टल बुकिङ खुल्ला 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

दोलखा–  दोलखा जिल्लामा आगामी पौषमा दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत् दोलखा महोत्सव गर्न लागेको हो ।

दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

महोत्सवबारे जानकारी दिन चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जिल्लाको आर्थिक, सामाजिक, धार्मिक र पर्यटकीय क्षेत्रको विकास, प्रचार र संवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादित वस्तुका साथै विविध क्षेत्रको स्टलहरू रहने महोत्सवमा स्थानीय व्यवसायीलाई स्टल बुकिङमा विशेष छुट सुविधा प्रदान गरिएको उनले बताए

महोत्सव स्थल चरिकोट टुँडिखेलदेखि भ्यु टावरसम्म घोडचढी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकी प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्न सम्मान आदी महोत्सवका आकर्षण रहने छन् ।

साथै महोत्सव अवधिमा दोलखाका ९ ओटै स्थानीय तहहरूसँगको समन्वयमा आर्थिक बहस समेत सञ्चालन गरिने संघले योजना बनाएको छ।

यसैबीच महोत्सवको लागी वाणिज्य संघले स्टल बुकिङ समेत खुल्ला गरिसकेको छ । कम्तीमा एक सय स्टल संचालन हुने महोत्सवमा स्टल राखी आ–आफ्नो व्यावसायिक उत्पादन, वस्तु वा सेवाहरूको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्न इच्छुक व्यावसायिक फर्म/कम्पनी/संघसंस्था तथा कार्यालयहरूले स्टल बुकिङ गर्न सक्नेछन् ।

आयोजकका अनुसार पुस ३ गतेसम्म स्टल बुकिङ गर्न सकिने संघले जनाएको छ । आयोजकले स्टल भाडा पाँच हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म तोकेको छ । संघका अनुसार बहुराष्ट्रिय उद्योग तथा रिर्सोटहरूका लागि ३५ हजार, राष्ट्रियस्तरका उद्योगहरूका लागि ३० हजार, अटो मोबाइल-ईभीका लागि २५ हजार, ठूला होटल र बैंक तथा वित्तीय संस्थाका लागि २० हजार रुपैयाँ स्टल शुल्क तोकिएको छ ।

यस्तै, जुत्ता चप्पल कस्मेटिक तथा फेन्सीका लागि १२ हजार, कृषि प्रदर्शनीका लागि आठ हजार, फलफूल तथा जुस पसल, शैक्षिक तथा पर्यटन सामग्री र नर्सिङ होम तथा क्लिनिकका लागि १० हजार, संघसंस्था तथा विकास परियोजनाहरू र एफएमसीजी एण्ड रिटेलका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी डेरी उत्पादन र फास्टफुड व्यवसायका लागि १२ हजार, भाडा तथा किराना, आईटी ईलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, खेलकुद सामग्री र चिया कफी बेकरीका लागि १० हजार, हस्तकला-महिला उद्यमीका लागि सात हजार, मह तथा अण्डा र साना हस्तकलाका लागि पाँच हजार रुपैयाँ स्टल भाडा तोकिएको छ ।

आयोजकका अनुसार व्यावसायिक रूपमा दर्ता गरी रेस्टुरेन्ट चलाएका व्यवसायीहरूलाई मात्र रेस्टुरेन्ट स्टल प्रदान गरिनेछ ।

सुबास बस्नेत 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १२ : ३३ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका