श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा  « Khabarhub

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

सिरहा- श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएकाे हो ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका फिरोजलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ०५ बजे

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि