टाटा म्याक्सचेञ्ज मेला आज सकिने  « Khabarhub

टाटा म्याक्सचेञ्ज मेला आज सकिने 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आयोजना गरेको म्याक्सचेञ्ज मेला कार्यक्रमको आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीको अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न  इच्छुक ग्राहकवर्गलाई लक्षित गरी योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागिता रहेको छ ।

विशेषगरी नेपालमा टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरूको सहभागिता अझै धेरै देखिएको छ । म्याक्सचेञ्ज मेला यही मंसिर १५ गतेदेखि सुरु भएर मंसिर १७ गतेसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरिको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ ।

आज अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ३९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री