रवि लामिछानेको स्वीकारोक्ति : रास्वपामा क्षेत्री, बाहुन र पुरुषको बाहुल्यता देखियो « Khabarhub

रवि लामिछानेको स्वीकारोक्ति : रास्वपामा क्षेत्री, बाहुन र पुरुषको बाहुल्यता देखियो


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा क्षेत्री–बाहुन, अर्थात् खसआर्यको बाहुल्यता देखिएको बताएका छन् । पार्टीमा पुरुषहरु समेत हावी भएको लामिछानेको स्वीकारोक्ति छ । पार्टीभित्रको यो अवस्थालाई उनले ‘ठूलो कमजोरी’ भन्दै सच्याउनुपर्ने बताएका छन् ।

यसै साता महोत्तरीको जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले भनेका छन्, ‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको छ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।’

पार्टीमा खस आर्य र पुरुषहरुको बाहुल्यता रहेको स्थितिलाई सच्याउन लामिछानेले कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्दछु  ।…. आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरुबाट चाहन्छु ।’

संविधानले नै प्रत्याभूत गरेको समावेशितालाई उपेक्षा गर्न नहुने लामिछानेको भनाइ छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ ।’

जलेश्वर बैठकपछि सामाजिक सञ्जालमा रास्वपा पदाधिकारीको तस्बिर राखेर मानसिहरुले पार्टीको नेतृत्व समावेशी नभएको भन्दै आलोचना गरेका थिए । तर, लामिछाने स्वयंले यो कमजोरी स्वीकार गर्दै यसलाई सच्याउने प्रतिवद्धता प्रतिवेदनमा जनाएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५९ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि