अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको छ : मन्त्री ज्वाला « Khabarhub

अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको छ : मन्त्री ज्वाला


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको जानकारी दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गमैत्री कानुन र नीतिलाई परिपक्व बनाउनका लागि गहन रुपमा छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै, उनले अपाङ्गसम्बन्धी नीतिसम्बन्धित समितिबाट पारित भइसकेको भन्दै अब बस्ने मन्त्रिपरिषदबाट पनि पारित हुने बताए । मन्त्री ज्वालाले अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व भएको पनि धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिको कार्यक्रमका लागि बजेटको अभाव भएको भन्दै सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : २८ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा