‘चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर छ’ « Khabarhub

‘चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर छ’


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताएका हुन् ।

नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकाले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने उनले बताए । उनले प्रहरीलाई नकारात्मक चरित्रका रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुनसक्ने चिन्ता व्यक्त गरे ।

प्रवक्ता राईले तल्लो दर्जाका प्रहरीहरु कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायाङ्कनका क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकङ्नस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

उनले पछिल्लो समयमा चलचित्र छायाङ्कनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकाले यसको प्रयोग सहजीकरण गर्न प्रहरीसँग आग्रह गरे । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणका क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्य सुधार गर्न प्रयत्नरत रहेको बताउँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए सहज हुने उल्लेख गरे ।

वरिष्ठ कलाकार नीर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदानप्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण सङ्घ, गीतकार सङ्घ नेपाललगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ५० बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध