सवारी दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते « Khabarhub

सवारी दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन् । काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा शुक्रबार राति सवा ८ बजेतिर गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा परेर नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका छन् ।

नगरपालिका उपप्रमुख पुष्पराज खनालका अनुसार दुर्घटनापछि ४ जनालाई उद्धार गरेर राति नै काठमाडौं ट्रमा सेन्टरमा लगिएको थियो । सामान्य उपचारपछि सबै अस्पतालबाट फिर्ता भएको उनले बताए ।

नगरपालिकाको कामका लागि काठमाडौं गएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : १९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक