शार्कको आक्रमणबाट किशोरीको मृत्यु « Khabarhub

शार्कको आक्रमणबाट किशोरीको मृत्यु


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई टोकेपछि गम्भीर उन घाइते भएको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई पानीबाट बेहोस अवस्थामा निकालिएको तर घटनास्थलमै मृत घोषित गरिएको फ्रेमेन्टल जिल्लाका प्रहरी निरीक्षक पल रोबिन्सनले बताए । शार्कको आक्रमणमा पर्दा किशोरी नदीमा साथीहरूसँग पोडी खेलिरहेको बुझिएको छ ।

“तिनीहरू जेट स्कीमा थिए । सम्भवतः नजिकै डल्फिनको एक समूह देखिएको थियो र किशोरी पोथी डल्फिनको नजिकै पौडी खेल्न हामफालेकी र सोही समय शार्कको आक्रमणमा परेकी थिइन् । नदीको त्यस भागमा शार्क फेला पर्नु असामान्य भएको मत्स्य विज्ञहरूले सुझाव दिएको रबिन्सनले बताए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ०७ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले