रारामा अब सुविधा सम्पन्न रिसोर्ट (फोटो फिचर) « Khabarhub

रारामा अब सुविधा सम्पन्न रिसोर्ट (फोटो फिचर)


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुगु जिल्लामा रारा भिलेज रिपोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिपोर्ट सञ्चालनमा ल्याइएको हो। पर्यटकका लागि खाना तथा बसोबासका लागि स्तरीय सेवा सुविधा प्रदान गर्न रिपोर्ट सञ्चालनमा ल्याइएको हो ।

रारा भिलेज रिपोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको लगानीमा हलसहित २० कोठाको रिपोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिए। २० रोपनी जग्गाको क्षेत्रफलमा रिपोर्ट बनाइएको हो । रिसोर्टले मुगुको रारा ताललगायतको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन शाहले दाबी गरेका छन् ।

रिपोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बर्सेनि उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांक छ । अत्यन्त मनोरम र प्राकृतिक दृश्यहरूले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले संख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाइको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिपोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।

रारा भिलेज रिपोर्ट कम्पनीको सक्रियतामा रारातालबाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँमा होटेल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ । रारा तालको भ्रमणमा जानेहरूलाई बसोबास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थायी सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन्।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : ४८ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले