स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता « Khabarhub

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएका हुन् । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि संगठन दर्ता गराएको बताए । ‘एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी संगठनले आ–आफ्ना ससंगठन दर्ता गराएका छन्’, उनले भने, ‘अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।’

निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विद्यार्थी संगठन दर्ता गर्ने समय तोकिएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी संगठन दर्ता भएको जानकारी दिए। उनका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी संगठन दर्ता हुन सकेन । उनले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गतेका लागि विद्यार्थी संगठन दर्ताको समय तोकिएको जानकारी दिए । 

उनले उपत्यकामा २१ आङ्गिक क्याम्पसमा संगठन दर्ता भएको बताए। उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनिरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शंकरदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी  सङ्गठन दर्ता भएका छन् । 

यस्तै निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले यही फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । 

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : २० बजे

पहिराले कर्णाली करिडोर अवरुद्ध

मान्म– पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको