उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने « Khabarhub

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपनिर्वाचनका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले बताएको छ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध भएका उजुरी लिनका लागि आयोगले मंगलबार आजलाई तोकेको छ। 

चितवन-२, बारा-२तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेको छ। निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको पनि आयोगले जनाएको छ।

उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगको तयारी छ। 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००