विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट « Khabarhub

विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउँदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बसको चालकमाथि मंगलबार कुटपिट भएको छ ।

काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरीत दिशातर्फ जाँदै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४/५ जना पुरुषले गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटना मंगलबार बिहान साढे १० बजे भएको प्रहरीले जनाएको छ । उनीहरूले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उक्त कार र सवार व्यक्तिहरू कुटपिटपछि गुण्डुतर्फ फरार भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । फरार उनीहरूलाई कारसहित पक्राउ गरेको र अहिले सोधपुछ कार्य जारी रहेको एसपी केसीले जनाए ।  बस चालकको घाँटीमा भित्री चोट लागेको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : २० बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको