रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी « Khabarhub

रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी


२१ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन–२ को उपनिर्वाचनमा मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार वटा उजुरी दर्ता भएका हुन् ।

स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि, र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधिका साथै सिन्धुली निवासी युवराज सफलले रविको उम्मेदवारीविरुद्ध उजुर गरेका हुन् ।

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको दाबी गरेका छन् । यस्तै, उजुरीमा नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर पनि गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : २२ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा