खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ « Khabarhub

खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइएमइ कार्यालयबाट बैक खाताहरूमा रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले ३१ वर्षका अनिल मालाकारलाई पक्राउ गरेको हो ।

उनले खाता नम्बर र खातावालाको नाम समेत दिई पटक पटक गरी जम्मा तीन लाख रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले आइएमइ कार्यालयका संचालकलाई रकम नै नदिई फोनमा कुरा गरेजस्तो गरी भाग्दै आएका थिए ।

मालाकारलाई खोजतलासको क्रममा पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ५ : ४५ बजे

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले