भारतमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु « Khabarhub

भारतमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु


२१ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको छत्तीसगढ राज्यमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच महिला, चार पुरुष र दुई बालबालिका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।”

छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए । दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ६ : ४० बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा