लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट « Khabarhub

लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति लिएर चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसर नै छेकिने गरी बडेमानको स्टेज र बोर्ड राखेको भन्दै लुम्बिनी विकास कोषका केही पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले दीप प्रज्वलन कार्यक्रमको अनुमति लिएर चिनियाँ गुम्बाले स्टेज बनाएको जानकारी दिए । उनले दुई घण्टाका लागि मात्र अनुमति लिएको बताए । उनले भने, ‘हामीसँग कार्यक्रम गर्न अनुमति लिइएको हो । स्टेज बनाउन अनुमति लिएको होइन । यति ठूलो स्टेज बनाउने कुरा भएको थिएन । जम्मा दुई घण्टाका लागि हो ।’

युनेस्को विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमा हाल सयौंको संख्यामा चिनियाँहरूको बाक्लो चहलपहल छ ।

बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन चीनबाट चिनियाँ धार्मिक तथा साँस्कृतिक संगठनका महासचिव हान सोङ बुधबार नै काठमाडौँ आइसकेका छन् ।

उनी ११ जना प्रतिनिधिमण्डलको जम्बो टोली लिएर क्याथे प्यासिफिकको उडानबाट बुधबार अबेर काठमाडौँ आएका हुन् ।

लुम्बिनीमा आयोजना हुने उक्त कार्यक्रममा चिनियाँ प्रतिनिधिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी हुने तय भएको छ ।

विश्लेषकहरुले भने कुनै धर्म नै नमान्ने कम्युनिष्ट पार्टीको सरकार रहेको चीनले नेपालमा आयोजना हुने धार्मिक गतिविधिमा देखाएको चासोप्रति संशय जनाएका छन् । केही जानकारहरु भने नेपालमा आफ्नो आर्थिक एवम् साँस्कृतिक प्रभाव विस्तार गर्न चीनले बौद्ध धर्मको उपयोग गरिरहेको बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा परराष्ट्र मामिलाका एक जना जानकारले खबरहबसँग भने, ‘यस्ता कार्यक्रम र रणनीतिबारे नेपालीले चासो देखाउने बेला भएन र ?’

 

 

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : १६ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि