ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी « Khabarhub

ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताएका छन् ।

“हाम्रो विशेष सेवालाई प्राप्त प्रमाणका आधारमा ड्रोन आक्रमणमा ‘अमेरिका र युक्रेनको हात रहेको’ दावी गरिएको हो,” पेस्कोभले क्रेमलिनमा बुधबार ड्रोन आक्रमणको प्रयासबारे भने।

पेस्कोभले संयुक्त राज्य अमेरिकाले यो बुझ्नु पर्दछ कि रूस आतंकवादी हमलामा आफ्नो सहभागिताको बारेमा सचेत छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले दुईवटा ड्रोन प्रयोग गरी हत्याको प्रयास गरेको रुसी प्रेस सेवाले बुधबार जनाएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रूसको दाबी झुटो भएको बताए । उनले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीमा उक्त आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताए ।

रूसी प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा भएको कथित ड्रोन हमलामा आफ्नो संलग्नता रहेको आरोप लगाएपछि ह्वाइट हाउसले बुधबार आफ्नो संलग्नता अस्वीकार गरेको हो ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एमएसएनबीसीसँग भने, “यसमा हाम्रो कुनै सरोकार छैन ।”

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए । उनले भने, “हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन ।”

क्रेमलिनमा भएको यो घटना रूसी र कब्जा गरिएको युक्रेनी भूभागमा हालै भएका अन्य विस्फोट र रेल दुर्घटनाका बीच भएको हो र आक्रमणलाई लिएर मस्कोले कीएभतर्फ औंला उठाएको छ ।

पुटिनका लामो समयदेखि प्रेस सचिव रहेका पेस्कोभले बुधबार भन्नुभयो, “यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ११ : ०० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको