सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी « Khabarhub

सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।

आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने जनाएपछि लगानीकर्ता केही दिनदेखि आन्दोलित छन् ।

उनीहरूले सरकारलाई करको दर परिमार्जन नगरी विद्यमान व्यवस्था लागू गर्न दबाब दिने उद्देश्यले ब्रोकर कार्यालयहरूमा ताला लगाएका हुन् ।

लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७ दशमलव ५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भने  बुधबार नै सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको प्रस्टीकरण दिएका थिए । तर पनि लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित छन् ।

हाल तिर्दै आएको पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्ता दुबिधामा छन् । पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ११ : ०३ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु