साउदीमा एक नेपालीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदीमा एक नेपालीलाई मृत्युदण्ड


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो।

हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए ।

नेपाल र साउदी सरकारले उनलाई २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ ।

स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसला गरेको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।

२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुरले  भेडा चराउन जाने क्रममा भएको हत्याको घटनाको कारण मृत्युदण्डसम्मको सजाय पाएका हुन् । भेडा चराउन गएका उनलाई एक जनाले दैनिक आएर भेडा माग्न थालेपछि भएको विवादका क्रममा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो ।

यसैगरी गत वर्ष नोभेम्बरमा पनि उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो । १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो ।

त्यहाँको जुवेल जेल प्रशासनले गत वर्ष कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको थियो । दूतावासलाई समेत जानकारी नदिई उनीलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  २ : ०५ बजे

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)

रविलाई सीकेको सुझाव– बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला !

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको

लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ– मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

इलामले बजाएको सांकेतिक घण्टीप्रति सचेत छौँ, सुहाङलाई बधाई : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनको परिणामबारे आफ्नो