राष्ट्रिय योजना आयोगले पायो पूर्णता « Khabarhub

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त सदस्य ढुंगानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिए । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुंगानालाई नियुक्त गरेको थियो । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानासँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) मा समेत काम गरेको अनुभव छ । उनले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेका छन् ।

यसअघि आयोगको सदस्यमा डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसकेका छन् । नवनियुक्त सदस्य ढुंगानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन् ।

यसअघि नियुक्त भइसकेका सदस्यमध्ये डा फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : ३७ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र