भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद | Khabarhub Khabarhub

भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुववहाटी- भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले सिलचरको कातागष्टल क्षेत्रमा कारवाही गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् ।

उनले भने, “हामीले २.२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागूऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।” साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागूऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ५ : २४ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव