नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार  याे आदेश दिएको हो ।

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको उल्लेख गर्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ । नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ५ : ५४ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली