मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु | Khabarhub Khabarhub

मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए। बैठकमा प्रमुख प्रतिपक्ष दल तथा सत्तापक्षीय सदस्यले आआफ्नो धारणा राखे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रस्तुत विधयेकका सिद्धान्त र प्राथमिकता अघिल्ला आवकै निरन्तरता भएको भन्दै त्यसले प्रदेशका अहिलेका आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले प्रदेशका निमुखा जनताका माग र मुद्दालाई सम्बोधन नगर्ने भन्दै नेता ठाकुरले विज्ञहरूसँग बृहत् छलफल गरेको भए यस्तो नहुने धारणा राखे ।

प्रदेशसभा सदस्य मनोजकुमार सिंहले प्रदेश सरकारले जल, जमिन र जनतालाई प्राथमिकतामा राखेर कृषि, युवा तथा नदी नियन्त्रणका लागि बजेट ल्याउन सुझाव दिए । उनले अहिले मधेसका अधिकांश युवा लागुऔषध दुर्व्यसनीमा फस्दै गएकोले त्यसमा विशेष ध्यान दिन आग्रह गरे । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले प्रस्तुत विधेयकमा भने जस्तै कृषि, पर्यटन र प्रदेशका सम्भावनालाई सम्बोधन गर्ने गरी बजेट, नीति तथा योजना ल्याउन आग्रह गरे ।

अर्का सदस्य रामअषिश यादवले जनताद्वारा चुनिएका जनप्रतिनिधि र यहाँको सरकारले मधेश प्रदेशको विकासका लागि राजश्व वृद्धि, कूल गार्हस्थ्य उत्पादनका क्षेत्रहरूको योगदान वृद्धि, प्रभावकारी योजनामा लगानी वृद्धिको लक्ष्यसहितको नीति आवश्यक रहेको बताए । उनले मधेस प्रदेशमा पर्या—पर्यटन संरक्षणको विषय पनि विधेयकमा प्रष्टरूपमा आउनुपर्ने र सोहीअनुसार बजेटको व्यवस्था हुनेपर्ने धारणा राखे ।

त्यसैगरी जीवछीकुमारी यादवले मधेसको अवस्था, यहाँका घरेलु उद्यमी, महिला तथा कृषिको उत्थानका लागि सिँचाइलगायतका ठोस योजना ल्याउन सरकारलाई आग्रह गरे । प्रदेशसभा सदस्यहरू जवाहरलाल कुशवाह, किरणकुमारी, मालाकुमारी कर्ण, जनार्दन सिंह क्षेत्री, प्रमोदकुमार जयशवाल, शेषनारायण यादवलगायतले सीमित साधनस्रोतबाट असीमित आवश्यकतालाई सम्बोधन, कन्या आवासीय विद्यालय, आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको आधार तयार गर्न, बेरोजगारीको अन्त्य गर्न आफ्नै माटोमा सुन फलाउने र बहुसङ्ख्यक गरिब नागरिकको हित हुने योजना ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्नेमा जोड दिए ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरू अनिरुद्रकुमार सिंह, कनिश पटेल, किरणकुमारी, प्रमोदकुमार जयशवालले प्रतिफल दिने गरी योजना तथा कार्यक्रम तर्जुमा, भारतीय नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखिएको बारेमा सङ्घीय सरकारको ध्यानाकर्षण, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल व्यवस्थापन तथा पर्सा, बारा रौतहटमा सिँचाइका लागि बनाइएका नहरमा समयमा पानी नआउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : ५१ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा