मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु « Khabarhub

मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए। बैठकमा प्रमुख प्रतिपक्ष दल तथा सत्तापक्षीय सदस्यले आआफ्नो धारणा राखे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रस्तुत विधयेकका सिद्धान्त र प्राथमिकता अघिल्ला आवकै निरन्तरता भएको भन्दै त्यसले प्रदेशका अहिलेका आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले प्रदेशका निमुखा जनताका माग र मुद्दालाई सम्बोधन नगर्ने भन्दै नेता ठाकुरले विज्ञहरूसँग बृहत् छलफल गरेको भए यस्तो नहुने धारणा राखे ।

प्रदेशसभा सदस्य मनोजकुमार सिंहले प्रदेश सरकारले जल, जमिन र जनतालाई प्राथमिकतामा राखेर कृषि, युवा तथा नदी नियन्त्रणका लागि बजेट ल्याउन सुझाव दिए । उनले अहिले मधेसका अधिकांश युवा लागुऔषध दुर्व्यसनीमा फस्दै गएकोले त्यसमा विशेष ध्यान दिन आग्रह गरे । प्रदेशसभा सदस्य श्यामप्रसाद पटेलले प्रस्तुत विधेयकमा भने जस्तै कृषि, पर्यटन र प्रदेशका सम्भावनालाई सम्बोधन गर्ने गरी बजेट, नीति तथा योजना ल्याउन आग्रह गरे ।

अर्का सदस्य रामअषिश यादवले जनताद्वारा चुनिएका जनप्रतिनिधि र यहाँको सरकारले मधेश प्रदेशको विकासका लागि राजश्व वृद्धि, कूल गार्हस्थ्य उत्पादनका क्षेत्रहरूको योगदान वृद्धि, प्रभावकारी योजनामा लगानी वृद्धिको लक्ष्यसहितको नीति आवश्यक रहेको बताए । उनले मधेस प्रदेशमा पर्या—पर्यटन संरक्षणको विषय पनि विधेयकमा प्रष्टरूपमा आउनुपर्ने र सोहीअनुसार बजेटको व्यवस्था हुनेपर्ने धारणा राखे ।

त्यसैगरी जीवछीकुमारी यादवले मधेसको अवस्था, यहाँका घरेलु उद्यमी, महिला तथा कृषिको उत्थानका लागि सिँचाइलगायतका ठोस योजना ल्याउन सरकारलाई आग्रह गरे । प्रदेशसभा सदस्यहरू जवाहरलाल कुशवाह, किरणकुमारी, मालाकुमारी कर्ण, जनार्दन सिंह क्षेत्री, प्रमोदकुमार जयशवाल, शेषनारायण यादवलगायतले सीमित साधनस्रोतबाट असीमित आवश्यकतालाई सम्बोधन, कन्या आवासीय विद्यालय, आयातमुखी नभई निर्यातमुखी अर्थतन्त्रको आधार तयार गर्न, बेरोजगारीको अन्त्य गर्न आफ्नै माटोमा सुन फलाउने र बहुसङ्ख्यक गरिब नागरिकको हित हुने योजना ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्नेमा जोड दिए ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरू अनिरुद्रकुमार सिंह, कनिश पटेल, किरणकुमारी, प्रमोदकुमार जयशवालले प्रतिफल दिने गरी योजना तथा कार्यक्रम तर्जुमा, भारतीय नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु राखिएको बारेमा सङ्घीय सरकारको ध्यानाकर्षण, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल व्यवस्थापन तथा पर्सा, बारा रौतहटमा सिँचाइका लागि बनाइएका नहरमा समयमा पानी नआउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ९ : ५१ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा