आगलागीले एक घर जलेर नष्ट « Khabarhub

आगलागीले एक घर जलेर नष्ट


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो ।

आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए । समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण भने एकिन भएको छैन ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी पीडित परिवारलाई गाउँपालिकाले केही नगदसहितका राहत सामग्री वितरण गर्ने तयारी भएको अध्यक्ष हाङ्गामले बताए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

विद्युत् सर्ट भएरै केही दिनअघि फुङलिङ नगरपालिका पनि एक घर जलेर नष्ट भएको थियो । पछिल्लो समय यस जिल्लामा विद्युत् सर्ट भई आगलागीका घटना हुने क्रम उल्लेख्य रहेको पाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १० : ३० बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक