आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

आईसीसी विश्वकप छनोट : सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ।

नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए।

नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो।

दोस्रो प्लेअफमा युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँगको भेट पक्का गरेको हो।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ११ बजे

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका

लागूऔषधसहित पाँच जना पक्राउ

चितवन– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित पाँच जनालाई पक्राउ

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर