बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा « Khabarhub

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो ।

बालबालिकालाई पूर्णखोपको रूपमा लिन १५ महिनाभित्रै १३ प्रकारका खोप लगाइसक्नुपर्ने व्यवस्थाअनुसार बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले पूर्णखोप जिल्ला घोषणा गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्यकर्मीको निरन्तरको मेहनतका कारण बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा भएको र छिट्टै गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चिता प्रदेश घोषण गरिने बताए ।

उनले गण्डकी प्रदेशको स्वास्थ्य प्रणाली देशमै उत्कृष्ट हुनुमा स्वास्थ्यकर्मीको ठूलो सहयोग रहेको जनाउँदै स्वास्थ्य सेवासँगसँगै स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री हुन आवश्यक रहेको बताए ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा दर्ता भएसँगै खोप ऐन, २०७२ तथा नियमावली, २०७४ र प्रदेश खोप ऐन, २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि तय गरिएको कानुनी प्रावधानअनुसार बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको जनाइएको छ ।

१५ महिनाभित्रै पूर्णखोप नलिएका बालबालिकालाई पाँच वर्षभित्रको उमेरमा खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

उनले भने, ‘बागलुङ जिल्लामा एक सय ८३ खोप केन्द्रबाट प्रत्येक महिना एक सय ९३ खोप सेसनद्वारा निरन्तर खोप कार्यक्रम गरिएको छ । हरेक बालबालिकाले जन्मपश्चात पोख लगाउन पाउनु नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गमा पुर्याउनु हाम्रो जिम्मेवारी हो ।’

जिल्लामा २०६७ सालबाट पूर्णखोप कार्यक्रम थालनी भएको र २०७५ असार २५ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसको दोस्रोरूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा अहिले घोषणा गरिएको हो ।

उनका अनुसार घोषणा हुँदा पूर्णखोप पाइसके पनि दिगोपनाको सुनिश्चितता नभए पनि अबदेखि पूर्णखोपमात्रै नभएर पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

बागलुङमा गत माघदेखि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर–घरमा गई खोप छुट भएका पाँच वर्षमुनिका बालबालिकाको खोजी गरी भेटिएका बालबालिकालाई खोप लगाउने कार्य भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।

बागलुङ जिल्लाका १० स्थानीय तहका सम्पूर्ण वडा, पालिका पूर्णखोप सुनिश्चतता दिगोपना जिल्ला घोषण गरिएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको रोहबरमा जिल्लाका जन्मेदेखि १५ महिनासम्मका बालबालिका चार हजार छ सय ७७ र १५ देखि ५९ महिनाका १० हजार तीन सय १८ बालबालिकाले पूर्णखोप प्राप्त गरेपछि बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : १३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा