महोत्तरीका किसानलाई कृषि सामग्री वितरण « Khabarhub

महोत्तरीका किसानलाई कृषि सामग्री वितरण


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो ।

किसानलाई सिँचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधि छर्कने स्प्रे ट्याङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहितका सामग्री नगरप्रमुख हरिप्रसाद मण्डलले सोमबार वितरण गरे ।

मटिहानी–५ तरकारी उत्पादनमा जिल्लाकै ‘पकेट’ क्षेत्रका रूपमा मानिदै आइएको छ । यहाँ करिब २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिए ।

मटिहानी–६ मा बर्सेनि न्यूनतम एक करोड मूल्यको तरकारी बिक्री हुँदै आएको शाखाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले खेतीका लागि आधारभूत कृषि सामग्री (बीउ, मल र कृषि ज्यावल÷उपकरण) पाएपछि राहत महसुस गरेका छन् ।

कृषि शाखाले मखान खेतीका एक सय किसानलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरेको थियो । नगरपालिकाबाट पाएको सहयोगले खेतीमा लाग्न थप हौसला मिलेको स्थानीय किसान मुसाफिर सहनीको भनाइ छ ।

मखान र तरकारी बालीका अतिरिक्त अन्न बालीका किसानलाई पनि यसअघि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : २६ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।