नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा जारी यु–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियालाई जितका लागि २ सय ५३ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनायो ।

नेपालका नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय ईनिङ खेले । यस्तै, निरज यादवले ४७, सन्तोष यादवले २६, सुर्यांशु कोइरालाले १८, अशोक धामीले १२ रन बनाए । मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । नेपाल सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै  फाइनलमा पुगेको हो । 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : २२ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन