भारतीय वाणिज्य दूतावासमा भएको आगजनीमा अमेरिकाबाट निन्दा | Khabarhub Khabarhub

भारतीय वाणिज्य दूतावासमा भएको आगजनीमा अमेरिकाबाट निन्दा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को– अमेरिकाले आइतबार सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा खालिस्तान समर्थकहरूले गरेको आगजनीको प्रयासको कडा निन्दा गरेको छ।

अमेरिकाको स्थानीय च्यानल दया टिभीको रिपोर्टअनुसार खालिस्तानी कट्टरपन्थीहरूले भारतीय कन्सुलेटमा आगजनी गरेका थिए ।

आगलागीबाट धेरै क्षति नभएको प्रतिवेदनमा उल्लेख छ । साथै यस घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन् । 

खालिस्तान समर्थकहरूले घटनाको बारेमा एक भिडियो पनि जारी गरेका छन्। यद्यपि, एबीपीले यो भिडियोलाई स्वतन्त्र रूपमा प्रमाणित गरेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्वीट गर्दै सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा भएको कथित तोडफोड र आगजनीको प्रयासको अमेरिकाले कडा निन्दा गरेको उल्लेख छ । 

संयुक्त राज्य अमेरिकामा कूटनीतिक सुविधाहरू वा विदेशी कूटनीतिज्ञहरू विरुद्ध तोडफोड वा हिंसा फौजदारी अपराध मानिन्छ ।

यो घटना खलिस्तान समर्थक प्रदर्शनकारीहरूको समूहले गत मार्चमा पनि सान फ्रान्सिस्को रहेको भारतीय वाणिज्य दूतावासमा आक्रमण र क्षति पुर्‍याएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ५३ बजे

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका