भारतीय वाणिज्य दूतावासमा भएको आगजनीमा अमेरिकाबाट निन्दा « Khabarhub

भारतीय वाणिज्य दूतावासमा भएको आगजनीमा अमेरिकाबाट निन्दा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को– अमेरिकाले आइतबार सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा खालिस्तान समर्थकहरूले गरेको आगजनीको प्रयासको कडा निन्दा गरेको छ।

अमेरिकाको स्थानीय च्यानल दया टिभीको रिपोर्टअनुसार खालिस्तानी कट्टरपन्थीहरूले भारतीय कन्सुलेटमा आगजनी गरेका थिए ।

आगलागीबाट धेरै क्षति नभएको प्रतिवेदनमा उल्लेख छ । साथै यस घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन् । 

खालिस्तान समर्थकहरूले घटनाको बारेमा एक भिडियो पनि जारी गरेका छन्। यद्यपि, एबीपीले यो भिडियोलाई स्वतन्त्र रूपमा प्रमाणित गरेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्वीट गर्दै सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा भएको कथित तोडफोड र आगजनीको प्रयासको अमेरिकाले कडा निन्दा गरेको उल्लेख छ । 

संयुक्त राज्य अमेरिकामा कूटनीतिक सुविधाहरू वा विदेशी कूटनीतिज्ञहरू विरुद्ध तोडफोड वा हिंसा फौजदारी अपराध मानिन्छ ।

यो घटना खलिस्तान समर्थक प्रदर्शनकारीहरूको समूहले गत मार्चमा पनि सान फ्रान्सिस्को रहेको भारतीय वाणिज्य दूतावासमा आक्रमण र क्षति पुर्‍याएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ५३ बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र