सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी « Khabarhub

सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार जारी रहेको छ ।

सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कानूनमन्त्री धनराज गुरु सहभागी भएका छन् ।

बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

गत वैशाख गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक बसेको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल हुन सकेको छैन ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : २१ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको