संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत | Khabarhub Khabarhub

संसदीय समितिहरूको नेतृत्व चाँडै चयन गर्न दलहरू सहमत


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरु चाँडोभन्दा चाँडो संसदीय समितिहरुको नेतृत्व चयन गर्न सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र समितिहरुको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउन सहमत भएका हुन् ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि दलहरुलाई दबाब दिन सभामुख घिमिरेले बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

बैठकपछि कानूनमन्त्री गुरुङले भने, ‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ ।’

उनले राजनीतिक रूपमा केही विकृति देखिएको र तिनीहरूको समाधान गर्दै लैजाने तथा अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

यस्तै, बैठकमा संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ०४ बजे

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको