पाँच वर्षमा लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र | Khabarhub Khabarhub

पाँच वर्षमा लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार नौ सय ६४ किलोमिटर सडक कच्ची छ । प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताए । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : १२ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्