कृषि पेशा निर्वाहमूखी भएकाले गरिबी हटाउन सकिएन : ओली | Khabarhub Khabarhub

कृषि पेशा निर्वाहमूखी भएकाले गरिबी हटाउन सकिएन : ओली


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी विभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकासको आधार कृषि भएपनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे । स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाइ छ ।

कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनले बताए । अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाँझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए ।

अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउँदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे । कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउँदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफैँ घर आउने ओलीको दाबी छ ।

ओलीले गरिबी निवारणकालागि भाषण गर्नेभन्दा आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीले बताए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : ४६ बजे

कैलालीमा आलु उत्पादन वृद्धि

कैलाली– गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन छ

अदालतभित्र सिरोहियाको बयान, बाहिर धकेलाधकेल

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

प्रधानमन्त्रीको जवाफ- सिरोहियासँग कुनै रिसइबी छैन, अदालती प्रक्रियाबाट सजिलै छुट्छन्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी

सिरोहियालाई बयानका लागि लगियो धनुषा अदालत

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू ) 

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै