१५ दिनमा बेलिब्रिज निर्माण भइसक्ने « Khabarhub

१५ दिनमा बेलिब्रिज निर्माण भइसक्ने


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवाखोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ ।

यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्य पहाडी राजमार्गका पुल बगाएको हो । तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्य पहाडी एउटा/एउटा पुल बगाएको छ । उनले भने, ‘त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ ।’

मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए । उनले भने, ‘तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक हुन्छ ।’

बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहा निर्देशक पोखरेलले बताए। वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुनेछ ।

उनले भने, ‘यहाँ पुगेर काम गर्नेहरूसँग कुरा गर्दा १५ दिनमा सकिन्छ भनेका छन् ।’ अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ ।

मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले बताए । अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए ।

खोला फिँजाएर ग्राभेल र ढुङ्गा मिलाएर गर्न सकिन्छ कि भनेर हेरिरहेको उनको भनाइ छ । उनले भने, ‘मध्य पहाडी क्षेत्रमा बेलिब्रिजका लागि सामान लैजान पनि पहिले मेची राजमार्गको बेलिब्रिज बनिसक्नुपर्ने छ ।’

मध्य पहाडी राजमार्गमा चियोभञ्ज्याङ नजिकै पुल बगाएको थियो । मेची राजमार्गले जतिको धेरै नागरिकलाई असर पु¥याउने नभए पनि यसले त्यहाँका गाउँ जोड्ने सडक भएकाले त्यहाँका स्थानीयवासीलाई वारपारमा समस्या भएको छ ।

सडकमा थोरै पहिरो खसे पनि ठूलो क्षति भएको छैन । यो वर्ष वर्षाको सुरुमै आएको बाढीले कोशी प्रदेशमा सडकका पूर्वाधार बगाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ०३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि