पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोपको २० हजार भाइल नेपाल आइपुग्यो | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोपको २० हजार भाइल नेपाल आइपुग्यो


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।

एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ३९ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल