प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड « Khabarhub

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन लागेकाले पाठकको बढी भीड बढ्न थालेको हो । १५ दिनका लागि गरिएको प्रदर्शनी असार २३ गते सकिने जनाइएको छ । पाठकको चाप बढेमा भने लम्बिन पनि सक्ने जनाइएको छ । प्रदर्शनीमा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानदाताले बढी पुस्तक खरिद गर्ने गरेका छन् । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सय थरीका पुस्तक एवं पत्रपत्रिका राखिएको छ ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘माक्र्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । विभिन्न शब्दकोश पनि बढी बिक्री हुने पुस्तकमा पर्छन् ।

प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । साझाले सांस्कृतिक संस्थान र पुरातत्व विभागले प्रकाशन गरेका पत्रिकासहित अन्य प्रकाशनका पुस्तक पनि राखेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : २५ बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा