१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ « Khabarhub

१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका-१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ३६ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका