नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित « Khabarhub

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

जिम्बावेमा भएको खेलमा नेपाल ४ बल अगावै दुई विकेटले पराजित भएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए ।

त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए ।

युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : २७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको