पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास « Khabarhub

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ शतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफू निकै सन्तुष्ट रहेको बताए ।

स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा क्रिकेटले जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको उनले बताए ।

आफूले क्रिकेटमा पनि कुनै समय कसैलाई रिप्लेस गरेर नै आएको भन्दै उनले अहिले अन्तर्रास्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको जिकिर गरे । सबैमाझ चिनाउन सफल भएको र मानप्रतिष्ठा दिएको खेलबाट विदा लिन सहज नभएपनि यो यात्राको नयाँ अध्याय भएको उनले बताए ।

केही समययता मल्ल नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहेक थिए । आफ्नो सन्न्यासलाई यस विषयमा राखेर नहेर्न उनले आग्रह गरे ।

मल्लले नेपालका लागि खेलेको ३५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ८५६ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रिय खेलमा ८८३ रन बनाएका छन् । सन् २०१८ मा उनले एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : ०१ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि