भारतको उत्तराखण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता « Khabarhub

भारतको उत्तराखण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएको भारतीय अखबार जागरणको अनलाइन संस्करणले जनाएको छ ।

बेपत्ता हुनेमा नेपालीमा चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेका छन् । हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए ।

उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर, उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर बेपत्ता भएका छन् ।

उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता भएका छन् । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन ।

बेपत्ता हुनेमा जुम्लाका अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेको भारतीय टेलिभिजन आज तकले उल्लेख गरेको छ ।

पहिरोपछि उक्त होटल मन्दाकिनी नदीमा खसेको जनाइएको छ । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको