आदिवासी जनजाति महासंघले आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने « Khabarhub

आदिवासी जनजाति महासंघले आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले पहिचान र अधिकार सुनिश्चिताका लागि जनजाति आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने भएको छ ।

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ साउन २४ गते २९ औं विश्व आदिवासी दिवस मनाउने जनाएको हो । यस वर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने ‘आत्मनिर्णयका लागि परिर्वतनका संवाहक आदिवासी युवा’ भन्ने रहेको छ ।

दिवसका अवसरमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने महासंघका महासचिव दिवस राईले जानकारी दिए । दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने उनले बताए ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेशमा पहिचानको मुद्धाका लागि आन्दोलन गरिएको र अहिलेसम्मको अवस्थामा आन्दोलन सफल भएको महसुस गरिएको बताए । उनले पहिचानको मुद्दामा महासंघ अग्रमोर्चामा उभिने उल्लेख गरे ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्रसंघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : ५३ बजे

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो