रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ « Khabarhub

रातको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातको समयमा चोरी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ६ गते राति १२ देखि ३ बजेको समयमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित गैरीगाउँमा रहेको सुजन श्रेष्ठको घरमा चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पासा भन्ने विकाश पोडेलाई ठमेलबाट पक्राउ गरेको हो ।

सुजन श्रेष्ठको घरबाट चोरी भएका ८५ लाख २६ हजार ९ सय रुपैयाँ बराबरको बहुमूल्य घडी, सुन तथा हिराका विभिन्न गरगहना तथा नगद पोडेसँग रहेको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले घटनामा हाल प्रहरी वृत मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको पनि संलग्नता रहेको खुल्न आएको जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न सुमन भन्ने विष्णु श्रेष्ठ यसअघि पनि चोरीका घटनामा संलग्न रहेको र उनीउपर काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको पाइएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि पोडेलाई प्रहरी वृत महाराजगञ्ज पठाइएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : १३ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता