मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै « Khabarhub

मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । 

सो केन्द्र  गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पुर्‍याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।  

सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्रा.डा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा  हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरूमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ । गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकहरूमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्रा.डा श्रेष्ठले बताए।

‘हिमालय आँखा अस्पताल पोखराबाट आँखाका विशेषज्ञ डाक्टरको टोली उपकरणसहित वालिङ गएर शल्यक्रिया सेवा दिनुहुन्छ’, उनले भने, ‘प्रत्येक महिनाको १२ गते शल्यक्रिया गर्छौं ।’  विशेष गरी मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने र आँखासम्बन्धी अन्य बिरामीलाई आवश्यक उपचार तथा परामर्श दिइने उनले बताए । एक दिनमा २०–३० जनासम्म बिरामीको आँखाको शल्यक्रिया गरिने छ ।

आँखाको शल्यक्रिया गर्नका लागि पोखरा तथा अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हटेर गएको  व्यवस्थापन समितिका अध्यक्ष खाँणले बताए ।  आँखाका विशेषज्ञ तथा डाक्टरको टोलीले वालिङमै आएर शल्यक्रिया सेवा दिने भएपछि टाढा जानुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ थियो ।  

‘शल्यक्रियाका लागि अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरी तयारी अवस्थामा छौँ’ अध्यक्ष खाँणले भने, ‘मासिकरुपमा मोतियाविन्दुको शल्यक्रिया सेवा आफ्नै ठाउँमा विस्तार भएपछि यस क्षेत्रका नागरिकमा अन्धोपना न्यूनीकरणमा सहयोग पुग्ने छ ।’ दुई पक्षबीच भएको समझदारी पत्रमा मासिक मोतियाविन्दु शल्यक्रिया सेवा विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने, आँखा उपचारसम्बन्धी सेवा अभिवृद्धि गर्न सहकार्य गर्ने, गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरी मासिक मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्ने, सेवालाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले आवश्यक पहल गर्ने उल्लेख छ ।

अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक ६०-७० जना आँखाका बिरामी दैनिक परीक्षण गर्न आउने गरेका गह्रौँ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताए। परीक्षणमा आउने बिरामीमा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएमा वालिङमा शल्यक्रिया सेवा नभएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

‘यहाँ आँखाको परीक्षण गर्न आएका बिरामीमा मोतियाविन्दुको लक्षण देखिएमा हामीले नाम संकलन गरी १२ गते शल्यक्रियाका लागि बोलाउँर्छौं’, उनले भने, ‘मासिक २५–३० जनाको हाराहारीमा यहाँ मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि अन्यत्र पठाउँदै आएका थियौँ ।’

शल्यक्रिया सेवा अस्पतालमा सुरु हुने भएपछि यहाँका नागरिक अन्यत्र जान नपर्ने भएपछि सहज हुने भएको हो । हाल अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतको केही भेगका नागरिकले सेवा लिन पाउँछन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : २२ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका