भारतको अरुणाचलमा ‘स्टिल स्ल्याग’ बाट सडक बनाइँदै « Khabarhub

भारतको अरुणाचलमा ‘स्टिल स्ल्याग’ बाट सडक बनाइँदै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- द्रुतमार्गदेखि राजमार्गसम्म सबै प्रकारका सडक निर्माणमा सामान्यतया कंक्रिटको प्रयोग हुन्छ, तर भारत सरकारले अरुणाचल प्रदेशमा विशेष सडक निर्माण गरिरहेको छ, जुन सडक फलामको फोहोरबाट निर्माण भइरहेको छ । स्टिल उत्पादन गर्दा निस्कने फोहोरबाट बनेका यी सडकहरू सामान्य सडकभन्दा बलियो मात्र नभएर सस्तो पनि छन् ।

केन्द्रीय विज्ञान र प्रविधिमन्त्री जितेन्द्र सिंहले भारतले विश्वको सबैभन्दा नयाँ स्टिल रोड टेक्नोलोजी विकास गरेको बताएका छन् । अरुणाचल प्रदेशमा भारत–चीन सीमा नजिकै बलियो र अधिक टिकाउ सडक निर्माण गर्न स्टिल स्ल्याग प्रयोग भइरहेको छ ।

सडक निर्माणको लागि स्टिल स्ल्याग प्रयोग गर्ने प्रविधि सीएसआईआर–केन्द्रीय सडक अनुसन्धान संस्थानद्वारा विकसित गरिएको हो । यस्तो प्रविधिबाट सडक निर्माण गर्दा दुईवटा ठूला फाइदा रहेको भारतीय समचार संस्था न्यूज १८ ले जनाएको छ ।

यस्तो प्रविधिबाट सडक निर्माण गरेको खण्डमा सडक मजबुत हुनुका साथै स्टिल प्लान्टबाट उत्पन्न हुने स्ल्यागको समस्या पनि समाधान हुनेछ । स्टिल स्ल्याग प्रयोग गर्ने सडकहरू परम्परागत सडकहरू भन्दा लगभग ४० प्रतिशत सस्तो र अझ टिकाउ पनि छन् ।

यस प्रविधिमा सडक निर्माण गर्दा रणनीतिक रुपमा संवेदनशील सीमा क्षेत्रमा भारी सवारीको आवागमनमा पनि सहजता हुने अपेक्षा गरिएको छ ।

अरुणाचल प्रदेशमा भारतको सीमा सडक संगठन बीआरओले अरुणाचलमा निर्माण गरिरहेको सडकमा प्रयोग हुने स्टिल स्ल्याग टाटा स्टिल उद्योगले निःशुल्क उपलब्ध गराएको बताइएको छ । भारतीय रेलवेले जमशेदपुरबाट अरुणाचल प्रदेशसम्म उक्त पदार्थ लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ०३ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु