भारतको अरुणाचलमा ‘स्टिल स्ल्याग’ बाट सडक बनाइँदै « Khabarhub

भारतको अरुणाचलमा ‘स्टिल स्ल्याग’ बाट सडक बनाइँदै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- द्रुतमार्गदेखि राजमार्गसम्म सबै प्रकारका सडक निर्माणमा सामान्यतया कंक्रिटको प्रयोग हुन्छ, तर भारत सरकारले अरुणाचल प्रदेशमा विशेष सडक निर्माण गरिरहेको छ, जुन सडक फलामको फोहोरबाट निर्माण भइरहेको छ । स्टिल उत्पादन गर्दा निस्कने फोहोरबाट बनेका यी सडकहरू सामान्य सडकभन्दा बलियो मात्र नभएर सस्तो पनि छन् ।

केन्द्रीय विज्ञान र प्रविधिमन्त्री जितेन्द्र सिंहले भारतले विश्वको सबैभन्दा नयाँ स्टिल रोड टेक्नोलोजी विकास गरेको बताएका छन् । अरुणाचल प्रदेशमा भारत–चीन सीमा नजिकै बलियो र अधिक टिकाउ सडक निर्माण गर्न स्टिल स्ल्याग प्रयोग भइरहेको छ ।

सडक निर्माणको लागि स्टिल स्ल्याग प्रयोग गर्ने प्रविधि सीएसआईआर–केन्द्रीय सडक अनुसन्धान संस्थानद्वारा विकसित गरिएको हो । यस्तो प्रविधिबाट सडक निर्माण गर्दा दुईवटा ठूला फाइदा रहेको भारतीय समचार संस्था न्यूज १८ ले जनाएको छ ।

यस्तो प्रविधिबाट सडक निर्माण गरेको खण्डमा सडक मजबुत हुनुका साथै स्टिल प्लान्टबाट उत्पन्न हुने स्ल्यागको समस्या पनि समाधान हुनेछ । स्टिल स्ल्याग प्रयोग गर्ने सडकहरू परम्परागत सडकहरू भन्दा लगभग ४० प्रतिशत सस्तो र अझ टिकाउ पनि छन् ।

यस प्रविधिमा सडक निर्माण गर्दा रणनीतिक रुपमा संवेदनशील सीमा क्षेत्रमा भारी सवारीको आवागमनमा पनि सहजता हुने अपेक्षा गरिएको छ ।

अरुणाचल प्रदेशमा भारतको सीमा सडक संगठन बीआरओले अरुणाचलमा निर्माण गरिरहेको सडकमा प्रयोग हुने स्टिल स्ल्याग टाटा स्टिल उद्योगले निःशुल्क उपलब्ध गराएको बताइएको छ । भारतीय रेलवेले जमशेदपुरबाट अरुणाचल प्रदेशसम्म उक्त पदार्थ लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ०३ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि